माधव नेपालको प्रतिबद्धता- सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछौं – Nepal Press

माधव नेपालको प्रतिबद्धता- सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने बताएका छन् ।

काठमाडौंको मीनभवनमा नेकपा एसको केन्द्रीय कार्यालय भवन उद्घाटनपछि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले नेकपा एस बोलेर होइन गरेर देखाउने पार्टी बन्ने बताए ।

नेपालले भने, ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं । हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टी गर्नेछौं । हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं ।’

अध्यक्ष नेपालले नेपाली नमूनाको समाजवाद कस्तो हुनसक्छ भने र बौद्धिक छलफल गर्दै अघि बढ्ने बताए । केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहमा कार्यालय सचिव गंगालाल तुलाधरले स्थानीय, प्रदेश र संघ सबैतिरका कमिटी अब केन्द्रीय कार्यालयबाट सन्चालित हुने बताए ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने र आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गरिने बताए । तर, तत्काल अर्को पार्टीसँग एकीकरण नहुने समेत प्रष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर