एक वर्ष पछि रावल अछाम आउँदै

२०७८ भदौ ३० गते १९:१६

सुर्खेत । नेकपा एमालेका उपाध्याक्ष डा. भीम रावल पार्टीको दश बुँदे सहमतिसँगै २०७५ जेठ दुईको अवस्थामा एमाले पुगेसँगै पहिलो पटक गृहजिल्ला आउन लागेका हुन् । नेकपा एमाले जिल्ला कमिटी अछामले भोली मध्यान्न १२ बजे आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्न उनी आउन लागेका हुन् ।
‘अछाम जिल्ला सदरमुकाममा एमालेले जिल्ला भेलाको आयोजना गरेको छ । सो भेलालाई सम्वोधन गर्नकालागि उपाध्यक्ष डा. रावल आउँदै हुनहुन्छ ।’ एमाले नेता प्रकाश शाहले नेपालप्रेससँग भने, ‘पार्टीले भेलाको तयारी सबै पुरा गरेको छ । उहाँ पार्टी जेठ दुईमा फर्केपछि पहिलोपटक गृहजिल्ला आउन लाग्नु भएको हो ।’
प्रतिक्रिया
सम्बन्धित खवर