फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारले सघाउने प्रचण्डको आश्वासन – Nepal Press

फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारले सघाउने प्रचण्डको आश्वासन

प्रधानमन्त्रीलाई समेत भेट्दै फिल्मकर्मी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीको कारण प्रभावित नेपाली फिल्म क्षेत्रलाई सरकारले सघाउने आश्वासन दिएका छन् । बुधबार आफूसँग भेट्न आएका फिल्मकर्मीसँग कुरा गर्दै दाहालले फिल्म क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताए ।

महामारीको कारण थलिएको नेपाली फिल्मलाई उकास्नेबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनाद्र्धन शर्मालाई भेटेर जानकारी गराउने आश्वासन समेत दाहालले दिएका थिए । प्रचण्डलाई भेट्न चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालसहित चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ लगायतका अध्यक्ष उनको निवास खुमलटारमा पुगेका थिए ।

लामो समयदेखि बन्द भएकाले नेपाली फिल्मलाई चलायमान बनाउन सरकारी सहयोग आवश्यक रहेको र बजेटमा प्रस्तुत व्यवस्था अपर्याप्त रहेको भन्दै आफूहरु प्रचण्डलाई भेट्न पुगेको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । साथै, देशव्यापी हल खुलाउन समेत फिल्मकर्मीले प्रचण्डसँग माग गरेका थिए । ‘हाम्रो मागमा प्रचण्डजी सकारात्मक हुनुभयो’ भेटपछि चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले नेपाल प्रेसलाई भने ।

मागहरु समेटर चलचित्रकर्मीले मागपत्र प्रस्तुत गरेका थिए । सोही मागपत्र लिएर केही दिनमा संचारमन्त्रालय समेत प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ जनता समाजवादी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

फिल्म क्षेत्रको समस्या र मागको विषयमा सरकारलाई दवाब दिने उद्देश्यले फिल्मकमो टोलीले बुधबारबाट राजनीतिक भेटघाट थालेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *