उपाध्यक्ष फतिमा सुमारसहितको एमसीसी प्रतिनिधिमण्डल काठमाडौंमा(भिडिओ) – Nepal Press

उपाध्यक्ष फतिमा सुमारसहितको एमसीसी प्रतिनिधिमण्डल काठमाडौंमा(भिडिओ)

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरे। उनिहरुको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो ।

सुरक्षाकर्मीले फोटो खिच्न पनि दिएका थिएनन् । सुमार नेतृत्वको एमसीसी टोलीले आज प्रधानमन्त्री शेर बहादुर देउवासहित अर्थमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा सुमारले सरकारले सोधेका ११ वटा प्रश्नको जवाफ पठाएकी थिइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर