प्रशिक्षक फिलिप्स भन्छन्- २३ जना ‘स्ट्रङ्ग’ खेलाडी छन् – Nepal Press

प्रशिक्षक फिलिप्स भन्छन्- २३ जना ‘स्ट्रङ्ग’ खेलाडी छन्

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमेन्स एसियन कपका लागि घोषित टोलीका २३ जना खेलाडी नै बलिया रहेको बताएका छन् ।

छनोटको तयारीस्वरूप भोलि र आइतबार हुने बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेनमा सावित्रा भण्डारीको अनुपस्थितिले टोलीलाई घाटा पुगेको उनको भनाइ छ ।

‘सावित्रा टोलीमा नहुनु एकदमै ठूला घाटा हो,’ उनले भने, ‘तर, उत्कृष्ट प्रदर्शन गरेर सावित्राको स्थान लिने अर्को खेलाडीलाई उत्कृष्ट मौका पनि छ ।’

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल खेल्नु विश्वभर नै चुनौतीपूर्ण रहेका बेला नेपालले खेल्न पाउनु राम्रो अवर भएको उनले बताएका थिए ।

कोरोना भाइरस तथा चोटका कारण तयारी प्रभावित भए पनि मैत्रीपूर्ण खेल र छनोटका लागि नेपाल तयार रहेको फिलिप्सले बताए ।

‘विभिन्न कारणले प्रभावित भए पनि हामीले राम्रो तयारी गरिरहेका छौं । एक हप्तामात्रै बाँकी छ,’ उनले भने, ‘यी खेलले हामीलाई धेरै फाइदा हुनेछ ।’

‘नेपाली टोली सावित्रामा निर्भर हुने गरेको थियो । तर, हामी टिम गेम खेल्ने कोसिस गर्नेछौं,’ उनले भने, ‘कसले सावित्राको स्थान लिन्छ भन्नेमा सम्पूर्ण देशको चासो हुन्छ, त्यसले खेलाडीलाई मानसिक दबाब पनि हुने बताए ।’

आफूसँग अहिले राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडी रहेको उत्कृष्ट २३ खेलाडी भएको बताए ।

नेपाली महिला टोलीले १० दिनपछि एएफसी वुमेन्स एसियन कप २०२२ को छनोट उज्वेकिस्तानमा खेल्दैछ । समूह एफमा परेको नेपालले २०२२ मा भारतमा हुने प्रतियोगितमा स्थान बनाउका लागि सेप्टेम्बर १८ मा फिलिपिन्स र २१ मा हङकङको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *