वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको कठिन लक्ष्य – Nepal Press

वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको कठिन लक्ष्य

काठमाडौं । चौथो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक रन बनाए । फ्लेचर ८४ रनमा अविजित रहे । जोनसन चाल्र्स ५८, केसी कार्टी ४ र एलिक अथान्ज ५ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङमा नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ सँगको सिरिजको उपाधि जित्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल्न जित्नैपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर