आन्दोलनरत बीपी प्रतिष्ठानका चिकित्साकर्मीसँगको सहमति कार्यान्वयन हुँदैछ : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित) – Nepal Press

आन्दोलनरत बीपी प्रतिष्ठानका चिकित्साकर्मीसँगको सहमति कार्यान्वयन हुँदैछ : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीबीच यसअघि भएको ६ बुँदे सहमतिको कार्यान्वयन भैरहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्साकर्मीको माग पुरा गर्न सरकार गम्भीर भएको भन्दै ९ बुँदै कार्यान्वयन योजना पनि सार्वजनिक गरेको छ ।

प्रतिष्ठानको समस्या पहिचान तथा छानविन कार्यदल गठन भई प्रतिवेदन पेश भएको समेत मन्त्रालयले जनाएको छ । आन्दोलनरत समितिबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न ९ बुँदे योजना कार्यान्वयन भैरहेको जानकारी गराउँदै मन्त्रालयले स्वास्थ्य सेवालाई नरोक्न समेत आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ महामारीको यस्तो विषम परिस्थितीमा स्वास्थ्य क्षेत्रलाई ठप्प नराखी सेवालाई सुचारु गर्न समेत आग्रह गरेको छ । हेर्नूस मन्त्रालयद्वारा सार्वजनिक योजना कार्यान्वयनबारेको विज्ञप्ति :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर