नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या करोड नाघ्यो – Nepal Press

नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या करोड नाघ्यो

काठमाडौं । नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ करोड ९२ हजार १६४ जनालाई खोप लगाइएको छ ।

जसमध्ये ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा लगाएका छन् जुन कूल जनसंख्याको १७.९ प्रतिशत हो । सरकारले खोप लगाउन योग्य ७१.६ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।

४६ लाख ६७ हजार ३२८ अर्थात १५ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् । सरकारले अहिले अस्ट्राजेनेका (कोभिसिल्ड समेत), भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोगमा ल्याएको छ ।

गत माघ १४ गतेदेखि नेपालमा खोप अभियान सुरु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५ अर्बभन्दा बढी मानिसले विश्वमा कोभिडविरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर