बिहीबार ३ हजार कोभिड संक्रमित थपिए, ३३ जनाको मृत्यु – Nepal Press

बिहीबार ३ हजार कोभिड संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए ८६७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३०७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ४३८ नमुना (११ हजार ९४६ पीसीआर र ४४९२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । २१२६ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ४० हजार ५०० पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८६७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख ४२ हजार पुगेको छ । कोभिडको कारण अहिलेसम्म १० हजार ४२९ जनाले ज्यान गुमाएका छन् । कूल निको हुने संख्या ६ लाख ९१ हजार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर