तालिवानले भारतबाट हुने निर्यात रोक्यो, प्रवक्ता भन्छन् : हाम्रो सरकार बनेपछि समस्या हल हुन्छ – Nepal Press

तालिवानले भारतबाट हुने निर्यात रोक्यो, प्रवक्ता भन्छन् : हाम्रो सरकार बनेपछि समस्या हल हुन्छ

काबुल । तालिवानले भारतबाट अफगानिस्तानमा हुने निर्यातमा प्रतिबन्ध लगाएको छ । फेडरेसन अफ इन्डिया एक्सपोर्ट अर्गनाइजेसनका डा. अजय सहायले तालिवानले निर्यातलाई रोकेको जनाएका हुन् ।

समाचार एजेन्सी एनीका अनुसार तालिवानले अहिले भारतबाट हुने सबै कार्गो मुभमेन्ट (मालसामान आोसारपोसार)लाई रोकिदिएका हुन् । भारतले पाकिस्तानको बाटो हुँदै अफगानिस्तान कार्गो निर्यात गर्दथ्यो ।

निर्यात अनुकूल हुने पर्खाइमा आफूहरु रहेको उनले बताए । तर, अहिलेको स्थितीमा निर्यातमा पूर्णतः ठप्प रहेको जनाइएको छ । डा. सहायका अनुसार व्यापारको मामिलामा भारत अफगानिस्तानको सबैभन्दा ठूलो साझेदार हो ।

सन् २०२१ मा यी भारतले ८३५ मिलियन डलर निर्यात गरेको थियो भने ५१० मिलियन डलरको आयात गरेको थियो । आयात–निर्यातबाहेक भारतले अफगानिस्तानमा ठूलो राशी लगानी पनि गरेको छ । जसमा ४०० परियोजनामा ३ बिलियन डलर लगानी छ ।

तर, यसैसाता काबुलमा आयोजित पत्रकार सम्मेलनमा तालिवानी प्रवक्ता आफूहरुको सरकार बन्ने वित्तिकै समस्या समाधान हुने दावी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर