कसले चलायो एमाले नेता पृथ्वीसुब्बा गुरुङविरुद्ध अफवाह ? – Nepal Press

कसले चलायो एमाले नेता पृथ्वीसुब्बा गुरुङविरुद्ध अफवाह ?

काठमाडौं । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले केपी ओलीका कारण एमाले खरानी भएको भन्दै गरिएको अनर्गल प्रचारप्रति आपत्ति जनाएका छन् ।

गुरुङको सचिवालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नामै नसुनिएका मिडियामा गुरुङले बोलेको भनी आएका प्रोपागाण्डाको भ्रममा नपर्न आग्रह गरेको छ । प्रेस संयोजक विक्रम न्यौपानेले जारी गरेको विज्ञप्तिमा एमाले नेतृत्व र पिएस गुरुङलाई बदनाम गर्ने मनसायले यस्ता प्रचार भइरहेको उल्लेख छ ।

गुरुङ एमाले अध्यक्ष ओलीको सबल र सक्षम नेतृत्वको पक्षमा रहेको र पछिल्लो समय पार्टी विभाजन रोक्न सक्रिय भएको भन्दै यस्तो बेलामा एमालेमा थप विवाद ल्याउन र विवाद समाधान नहोस भन्ने उद्देश्य राखेर गलत प्रचार भएको विज्ञप्तिमा उल्लेख छ ।

माधव नेपाल पक्षधर नेताहरुले गुरुङको भनाइ भन्दै प्रचारित सामाग्रीहरु सामाजिक सञ्जालमा शेयर गर्न थालेपछि यो विज्ञप्ति आएको हो ।


प्रतिक्रिया

One thought on “कसले चलायो एमाले नेता पृथ्वीसुब्बा गुरुङविरुद्ध अफवाह ?

  1. हाम्रो नेता कस्तो होस् , पृथ्विसुव्वा जस्तोहोस्।
    खड्ग-माधव वाई वाई
    हाम्रो पृथ्वि हाई हाई ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर