नेप्से दोहोरो अंकले घट्यो, कारोबार उत्साहजनक – Nepal Press

नेप्से दोहोरो अंकले घट्यो, कारोबार उत्साहजनक

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १६ अंकले घट्दै ३,१०७.४५ विन्दुमा रोकिएको छ । दोहोरो अंकले नेप्से घटेपनि कारोबार रकम भने उत्साहजनक छ ।

आज २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेचमा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रूपैयाँ कारोबार भएको छ । ‘क’ वर्गको सेन्सेटिभ मापन गर्ने परिसूचक भने सकारात्मक छ । सेन्सेटिभ मापक भने आज ०.६४ अंकले बढ्न पुगेको छ ।

आज सबैभन्दा बढी अपर तामाकोशीको ६४ करोडको सेयर कारोबार भयो । अपी हाइड्रोपावर कम्पनीको ५३ करोडबराबरको कारोबार भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बैंकिङ समूहको सेयर मूल्य केही मात्रामा बढेको छ भने विकास बैंकको सेयर मूल्य २.२१ प्रतिशतले बढ्न पुगेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका सेयरधनीले गुमाउन पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर