उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीलाई चेम्वरको स्वागत – Nepal Press

उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीलाई चेम्वरको स्वागत

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल तथा परिसंघका पदाधिकारीलाई स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए । विश्वव्यापी फैलिएको कोरोना महामारीको असहज परिस्थितिले अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको मल्लले बताए ।

मल्लले भने, ‘खुलाबजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुन्छ । अर्थतन्त्रलाइ पुन:स्थापित गर्नका लागि खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरूबीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको छ । निजी क्षेत्रसँग सम्वन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय विषयहरू सम्बोधन हुन सकेको छैन । यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको आवश्यकता छ ।’

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रमको लागि चेम्बरलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल उपस्थित थिए । नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्षहरू उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर प्रचार-प्रसार समितिका सभापति सन्तोषकुमार पाण्डे पनि कार्यक्रममा सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर