अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, कारोबार रकम साढे ११ अर्ब – Nepal Press

अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, कारोबार रकम साढे ११ अर्ब

काठमाडौं । नेप्से परिसूचक आज २६.०२ अंकले बढ्दै ३,१११.०९ विन्दुमा पुगेको छ । यो विन्दु आजसम्मकै उच्च हो । यसअघि नेप्से ३,०९४ रहेको थियो ।

आज २ करोड ११ लाख २९ हजार ०८८ कित्ता सेयर किनबेचमा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रूपैयाँ कारोबार भयो । आज २२३ कम्पनीको सेयर कारोबार भएकोमा अपि हाइड्रोपावरको ४६ करोडको कारोबार भयो । पाँचथर पावर कम्पनी लिमिटेड र रु रु जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज १३१ कम्पनीको शेयरमा हरियाली छाएको छ भने ४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *