कोभिड संक्रमणले अमेरिकामा अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि – Nepal Press

कोभिड संक्रमणले अमेरिकामा अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि

न्यूयोर्क । अमेरिकामा कोभिड-१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड-१९ संक्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो समयमा ४१ हजार ३१० व्यक्ति संक्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोनाभाइरसबाट २४९ जनाको मृत्यु भएको छ ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको पनि बताइएको छ । अमेरिकामा हालसम्म कूल ६ लाख ९ हजार ५०८ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा मृत्यु दर बढेको छ ।

बिहीबारसम्ममा कोभिड-१९ संक्रमित हुनेको कूल संख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.८ प्रतिशत पुगेको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्क अर्थात् १८ बर्षभन्दा माथिका कम्तीमा पनि ६८.४ प्रतिशत व्यक्तिले एक मात्रा र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाईसकेका छन् ।

अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५८ हजार ४०३ कोरोना संक्रमणपछि निको भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिका उमेरकालाई कम्तिमा एक मात्रा खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर