कार्यदलको प्रतिवेदनमा नेपालको असहमति, शंकर पोखरेलले भने- तीन महिनाको मेहनत खेर गयो – Nepal Press

कार्यदलको प्रतिवेदनमा नेपालको असहमति, शंकर पोखरेलले भने- तीन महिनाको मेहनत खेर गयो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैं सम्मिलित भएर गठित कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन् ।

नेपाललाई भेटेर फर्किए लगत्तै कार्यदल सदस्य समेत रहेका एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको सार्वजनिक गरेका छन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘माधव नपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’

नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको नेपाल प्रेसले यसअघि नै खुलासा गरिसकेको थियो । नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर भएको निर्णयमात्र आधिकारिक हुने गरी दोस्रो अध्यक्षसहितका केही सर्त राखेका छन् ।

आज कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए । १० बुँदे सहमतिका आधारमा पार्टी एकता कायम गर्ने प्रस्ताव नेपालले अश्वीकार गरेको भेटपछि अर्का एक नेताले बताए ।

कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले १० बुँदेका आधारमा पार्टीमा एकता कायम गर्ने प्रयास जारी रहेको बताए ।


प्रतिक्रिया

One thought on “कार्यदलको प्रतिवेदनमा नेपालको असहमति, शंकर पोखरेलले भने- तीन महिनाको मेहनत खेर गयो

  1. सत्यलाई वेवास्था गर्दै माधवको पछि लाग्नु नै गलत थियो । उनले मेरो समर्थन छैन । म कुनै पनि हालतमा फर्कन नसक्ने अवस्थामा पुगिसके भनेर धेरै पटक घोषण गरेकै हुन । वर्ताका नाममा एमालेमा थप खेल्ने योजनाका साथ नाटक मन्चन मात्र थियो र यो अझ पनि चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर