कोपा अमेरिका २०२१ : ब्राजिलविरुद्धको फाइनलमा मेसीले तोड्न सक्छन् यी कीर्तिमान ! – Nepal Press

कोपा अमेरिका २०२१ : ब्राजिलविरुद्धको फाइनलमा मेसीले तोड्न सक्छन् यी कीर्तिमान !

काठमाडौं । जारी कोपा अमेरिका २०२१ मा अर्जेन्टिनाका लागि स्टारर पर्फर्मर कप्तान लियोनेल मेसीले चार गोल र पाँच असिस्ट गरिसकेका छन् ।

बार्सिलोनाका पूर्वकप्तान मेसीको अर्जेन्टिनाले प्रतियोगितामा गरेका ११ मध्ये ९ गोलमा सक्रिय सहभागिता छ । उनले गरेका चारमध्ये दुई गोल सोझै फ्रि-किकमार्फत गरेका छन् । बुधबार बिहान भएको कोलम्बियाविरुद्ध अर्जेन्टिनाका लागि १५०औं खेल खेलेका मेसी अर्जेन्टिनाबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् ।

यी सुपर-स्टार फरवार्डले प्रतियोगिताका दौरान अर्जेन्टिनाबाट सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान बनाइसकेका छन्, र अझै अन्य कीर्तिमान ब्राजिलविरुद्ध आइतबार बिहान हुने फाइनलमा बनाउने तयारीमा छन् ।

मेसीले जारी कोपा अमेरिकामा तोडिसकेका कीर्तिमान :-

१. बार्सिलोनाका लागि सर्वाधिक खेल

जारी कोपा अमेरिकामा मेसीले पूर्व अर्जेन्टिना तथा बार्सिलोनाका टिममेट मास्चोरानाको अर्जेन्टिनाकबाट सर्वाधिक १४७ खेलको कीर्तिमान तोडेका थिए । प्रतियोगिताको सुरु हुनुअघि मेसीले अर्जेन्टिनाबाट १४४ खेल खेलेका थिए । तर, समूह चरणको अन्तिम- बोलिभियाविरुद्धको खेलसँगै मेसीले अर्जेन्टिनाबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान आफ्नो नाममा बनाए । हालसम्म मेसीले १५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

२. ६ कोपा अमेरिका खेल्ने पहिलो खेलाडी

सन् २००७ मा कोपा अमेरिकामा डेब्यू गरेका मेसी जारी संस्करणमा पनि सहभागी भएसँगै प्रतियोगिताको इतिहासमा ६ संस्करण खेल्ने पहिलो खेलाडी बनिसकेका छन् । उनले मास्चेरानोकै पाँच कोपा अमेरिकाको कीर्तिमान भङ्ग गरेका हुन् ।

३. एकै संस्करणमा सर्वाधिक असिस्ट

जारी कोपा अमेरिकाका ६ खेलमा पाँच असिस्ट गरेका मेसीले एकै संस्करणमा सर्वाधिक असिस्टको कीर्तिमान बनाइसकेका छन् । पाँच असिस्ट कोपा अमेरिकाको इतिहासमा एकै संस्करणमा सर्वाधिक हो ।

मेसीले जारी कोपा अमेरिकामा के-के कीर्तिमान बनाउन सक्छन् ?

१. कोपा संयुक्त सर्वाधिक खेल

ब्राजिलविरुद्धको खेलसँगै मेसीले कोपा अमेरिकामा सर्वाधिक खेल खेल्ने चिलीका सर्जियो लिभिङ्ग्सटोनको ३५ खेलको कीर्तिमानसँग बराबरी गर्नेछन् । प्रतियोगिताको सुरूआतअघि मेसीले अर्जेन्टिनी पूर्व कप्तान मास्चेरानो (२७) भन्दा एक खेल बढी खेलेका थिए ।

२. कोपा अमेरिकामा सर्वाधिक गोल

जारी प्रतियोगिताका ६ खेलमा ४ गोल गरिसकेका मेसीले हालसम्म कोपा अमेरिकामा १३ गोल गरिसकेका छन् । दक्षिण अमेरिकी फुटबलको सर्वोत्कृष्ट प्रतियोगितामा सर्वकालिन सर्वाधिक गोलकर्ता बन्न मेसीलाई चार गोलको आवश्यकता छ । यसअघि जिजिन्हो (ब्राजिल), नोबेर्टो मेन्डेज (अर्जेन्टिना)ले १७/१७ गोल गरेर कीर्तिमान बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *