सशस्त्रमा एसपीका लागि बढुवा प्रक्रिया सुरू, पाँच दिनभित्र आवेदन दिनुपर्ने – Nepal Press

सशस्त्रमा एसपीका लागि बढुवा प्रक्रिया सुरू, पाँच दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बलमा साधारण उपसमूह र लेखा उपसमूह गरी केहि एसपीको पद रिक्त भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो ।

रिक्त दरबन्दीमा पाँच दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव समेत रहेका सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) राजु अर्यालले सूचना जारी गरेका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम १ क बमोजिम मूल्यांकन फारम भरेर पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा पेश गर्न सूचनामा भनिएको हो ।

सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवालगत्तै सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)को बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सशस्त्रमा प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि डिएसपीसम्म बढुवा रोकिएको लामो समय बितिसकेको छ । सशस्त्रमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको आलोचना हुँदै आएको छ ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा एसपी बढुवाका लागि जारी गरिएको सूचना

सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहमा एसपी बढुवाका लागि जारी गरिएको सूचना

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *