सांसदलाई एसएमएस पठाएर प्रदेश २ सभा बैठक स्थगित – Nepal Press

सांसदलाई एसएमएस पठाएर प्रदेश २ सभा बैठक स्थगित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बोलाइएको बैठकमा अर्थमन्त्री विजयकुमार यादवले असार १ मा प्रस्तुत गरेको बजेटमाथि छलफलको कार्यसूची थियो । प्रदेशसभा सचिवालयका अनुसार बैठकको नयाँ मिति असार २३ गते दिउँसो १ बजे तय गरिएको छ ।

प्रदेशसभा सचिवालयले सांसदलाई मोबाइलमा सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराएको छ । बैठक स्थगितको कारण भने खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर