राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना भए कांग्रेस महासमिति सदस्य (सूचीसहित) – Nepal Press

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना भए कांग्रेस महासमिति सदस्य (सूचीसहित)

काठमाडौं । राप्रपा महामन्त्री छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापाको समूहले कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा समायोजना गरेको हो ।

महासमिति सदस्यमा समायोजना हुनेमा रामकृष्ण भट्टराई,विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीसहितका विभिन्न तहका नेता छन् । अधिकांश मोरङका छन् भने अन्यमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कपिलवस्तु, रामेछापलगायतका जिल्लाका नेता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर