भारतीय सेनाले सच्यायो गोर्खा भर्तिको सूचना, नेपालीभाषी भारतीय महिलालाई मात्र भर्ना लिइने – Nepal Press

भारतीय सेनाले सच्यायो गोर्खा भर्तिको सूचना, नेपालीभाषी भारतीय महिलालाई मात्र भर्ना लिइने

काठमाडौं । चौतर्फी विरोध भएपछि भारतीय सेनाले नेपाली महिलालाई भर्ति आह्वान गरिएको सूचना सच्याएको छ ।

गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर राजनीतिक वृत्तमा तरंग सिर्जना भएको थियो । सरकारी स्रोतहरुले समेत परामर्श बिनै सूचना निकालेको भन्दै आपत्ति व्यक्त गरेका थिए ।

जोइन इन्डियन आर्मी वेबसाइटमा जुन १५ तारिखमा राखिएको भूलसुधारमा सूचनाको गोर्खा सम्बन्धी खण्डलाई संशोधन गरिएको छ । सो भूलसुधारमा ‘सबै गोर्खाहरु (नेपाली र भारतीय)को सट्टा भारतीय गोर्खाहरुले मात्र भर्ना हुन पाउने उल्लेख गरिएको छ ।

भारतीय सेनाले सूचनालाई सच्याएपनि यसअघि जारी गरिएको सूचनालाई भने हटाएको छैन ।

भूलसुधारपछि पनि वक्तव्य जारी गर्दै भारतीय सेनाका रिटायर्ड कर्णेल धनबहादुर थापा अध्यक्ष रहेको भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पनि सूचना गलत रहेको जनाएको छ ।

महासंघले नेपाल र भारतबीच आँच आउने अभिव्यक्ति नदिन पनि भनेको छ । यसअघि भूपू सैनिक नामक पेजले भारतले सूचना जारी गरेको भन्दै फेसबुकमा सूचना सेयर गरेको थियो तर, अहिले हटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर