कांग्रेसको राजनीतिक प्रस्ताव : विपक्षी गठबन्धन अझ कसिलो बनाइने (विज्ञप्तिसहित) – Nepal Press

कांग्रेसको राजनीतिक प्रस्ताव : विपक्षी गठबन्धन अझ कसिलो बनाइने (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको पक्ष रहेका दलबीचको कार्यगत एकता र विपक्षी गठबन्धनको निरन्तरता नै आजको आवश्यकता भएको ठहर गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले राजनीतिक प्रस्ताव पारित गर्दै संविधान र लोकतन्त्रविरुद्ध वर्तमान सरकार र प्रधानमन्त्री ओली उभिएकाले त्यसको प्रतिवाद गर्नु राजनीतिक आवश्यकता भएको ठहर गरेको हो ।
कांग्रेसले पारित गरेको राजनीतिक प्रस्तावमा हाल कायम विपक्षी गठबन्धनलाई अझ मजबुत बनाउने र संयुक्त राजनीतिक गतिविधिलाई निरन्तरता दिने उल्लेख छ । कांग्रेस सह महामन्त्री डा. प्रकाशशरण महतले राजनीतिक रुपमा फरक विचार धारा भए पनि विपक्षी गठबन्धनमा रहेका दलबीचको सहकार्य अनिवार्य रहेको निष्कर्षमा बैठक पुगेको बताए ।
‘यो हाम्रो साझा निष्कर्ष हो कि संविधान र लोकतन्त्र मास्ने प्रवृत्तिविरुद्ध उभिने जुनसुकै राजनीतिक शक्तिसंगको सहकार्य आवश्यक छ । विपक्षी गठबन्धनलाई वर्तमान सरकारका अवैधानिक कदमविरुद्ध उभ्याउने निर्णय सर्वसम्मतिले भएको छ’, महतले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर