रुपन्देहीमा असार ७ सम्म निषेधाज्ञा थप – Nepal Press

रुपन्देहीमा असार ७ सम्म निषेधाज्ञा थप

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले असार ७ गते राती १२ बजे सम्मका लागि चौथो पटक निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । जसअनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई निरन्तरता दिँदै आदेश जारी गरेका हुन् ।

मंगलबारदेखि लागू हुने नयाँ स्वरुपको निषेधाज्ञामा माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने आदेश भएको छ ।

त्यस्तै विकास निर्माणको कामको निरन्तरता दिन बेलुका ६ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधान चलाउने जनाइएको छ । त्यस्तै ‘नो मास्क, नो मुभमेन्ट’ अभियान सञ्चालन गर्ने र बजार अनुगमनलाई सघन बनाउने निर्णय गरिएको छ ।

आदेश उल्लंघन गर्ने, मुल्यवृद्धि गर्ने, कालोबजारी तथा जमाखोरी गरेको पाए कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही गर्ने आदेशमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर