पाल्पाको रिब्दीकोट जोर्तेमा दुई वटा टिपर खस्दा एक जनाको मृत्यु – Nepal Press

पाल्पाको रिब्दीकोट जोर्तेमा दुई वटा टिपर खस्दा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवा जोर्तेमा दुई वटा टिपर एकै ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्युु हुने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ का ४५ वर्षका टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी घाइते सोही गाउँकै टिपर चालक ३८ वर्षका अशोक कुँवर, ४२ वर्षका रमा कुँवर, ललितपुरका २६ वर्षका टिपर चालक राजेन्द्र बजगाई, नवलपरासी सुनवल–९, का २२ वर्षका किसन कुँवर रहेको प्रहरीले जनाएको छ । घाइते चार जनाकै अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक (डीएसपए) रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते सबैको पाल्पा तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

बुटवलबाट गुल्मी जाँदै गरेका बा ४ ख ७३२० र प्रदेश ३–०२, ००१ क ०२५० नम्बरको टिपर दुर्घटनामा परेका हुन् । बा ४ ख ७३२० नम्बरको टिपरले अर्काे टिपरलाई ठक्कर दिँदा दुवै टिपर भीरबाट खसेका थिए । दुवै टिप्परले सिमन्ट बोकेर गुल्मी जाँदै थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर