नेपालमा तत्काल खोप आपूर्ति गर्न दबाब दिँदै १६ बेलायती सांसदले लेखे विदेशमन्त्रीलाई पत्र – Nepal Press

नेपालमा तत्काल खोप आपूर्ति गर्न दबाब दिँदै १६ बेलायती सांसदले लेखे विदेशमन्त्रीलाई पत्र

काठमाडौं । कोभिड-१९ को दोस्रो लहरसँग संघर्ष गरिरहेको नेपाललाई तत्काल खोप लगायतका जरुरी स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।

मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ ।

कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र अन्य विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न समेत भनिएको छ ।

ती सांसदहरुले नेपालको पछिल्लो स्वास्थ्य संकटबारे विदेशमन्त्रीलाई अवगत समेत गराएका छन् ।

स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला भैसकेको उल्लेख गर्दैै उनीहरुले यसैसाता बेलायती सेनाको चिकित्सकीय टोली काठमाडौं आउन लागेको कुरा स्वागतयोग्य भएको समेत जनाएका छन् ।

नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै ती सांसदले नेपाललाई जरुरी परेको बेला बेलायतले पनि सघाउनुपर्ने धारणा राखिएको छ ।

ती १६ जना सांसदमा बेलायतका विभिन्न राजनीतिक दलमा आबद्ध सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर