नेप्सेमा सामान्य करेक्सन, ११ अर्ब माथिको कारोबार – Nepal Press

नेप्सेमा सामान्य करेक्सन, ११ अर्ब माथिको कारोबार

काठमाडौं । नेप्से परिसूचक आज ६.५० अंकले घटेको छ । आज नेप्सेमा सामान्य करेक्सन भएकाले कारोबार रकम सोमबारको भन्दा २ अर्बले कमी आएको छ ।

आज २ लाख २४ करोड ६५ हजार ६७५ कित्ताको किनबेचमा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको कारोबार भएको छ । २१९ कम्पनीको शेयर खरिद विक्रीमा सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी, आज सबैभन्दा बढी शेयर कारोबार हुने कम्पनीमा अरुण कावेली पावर कम्पनी रहेको छ । अरुणको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार पनि ३३ करोड रुपैयाँ बराबरको भएको छ । आज नेप्से उप सूचकमा विकास बैंक समूहले सबैभन्दा धेरै १.५८ प्रतिशतले गुमाएको छ भने जीवन बीमा कम्पनी समूहले २.३८ प्रतिशतले कमाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर