त्रिविको आग्रह- रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट गरौं – Nepal Press

त्रिविको आग्रह- रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट गरौं

काठमाडौं । त्रिभुवन विश्वविद्यालय वैकल्पिक विधिमार्फत् भइरहेको कक्षलाई निरन्तरता दिन, बाँकी कक्षा सञ्चालन गर्न र रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट लिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित विभाग तथा क्याम्पसलाई आग्रह गरेकाे छ ।

उपकुलपति धर्मकान्त बास्कोटाले सोमबार एक विज्ञप्तिमार्फत् सम्पर्कमा नभएका विद्यार्थीलाई पनि तत्काल आ-आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयर्का सम्पर्कमा आउन आग्रह गरेका हुन् ।

कोभिड–१९ को दोस्रो लहरमा पुनः सञ्चालन भइरहेको पठनपाठन तथा परीक्षा स्थागित गर्नु परेको र संक्रमणका कारण कतिपय विद्यार्थी तथा शिक्षकले ज्यान गुमाउनु परेकोमा उनले शोकसमेत प्रकट गरेका छन् । यो सयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन समेत उनको आग्रह छ ।

‘यस्तो आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु । साथै महामारीमा संघर्ष गरिरहनु भएको सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्दछु,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर