राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो – Nepal Press

राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिकाे तुलनामा संस्थानको नाफा १.४४ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा ४ करोड ८६ लाख रुपैयाँ मुनाफा कमाएको संस्थाले गत वर्ष ४ करोड ९३ लाख मुनाफा कमाएको छ ।

तर , तेस्रो क्वाटरको ३ महिनामा अघिल्लो क्वाटरको तुलनामा संस्थाले ७६.५७ प्रतिशत अर्थात २ करोड १९ लाख मुनाफा थप गर्न सफल भएको छ ।

संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडाकोषमा ३३ करोड ४४ लाख र जीवन बीमा कोषमा ३२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर