भारतमा संक्रमण घट्दो अवस्थामा, मंगलबार ३,८७६ जनाको मृत्यु – Nepal Press

भारतमा संक्रमण घट्दो अवस्थामा, मंगलबार ३,८७६ जनाको मृत्यु

दिल्ली । पछिल्लो साता भारतमा कोरोनाभाइरस संक्रमण घट्ने क्रममा देखिएको छ । मंगलबार ३ लाख २९ हजार संक्रमित भेटिए ।

पछिल्लो २४ घण्टामा ३,८७६ जनाको मृत्यु भएको छ ।

भारतमा कूल संक्रमित संख्या २ करोड २६ लाख पुगेको छ । १ करोड ९० लाख निको भएका छन् ।

२ लाख ४९ हजार जनाको भाइरसबाट मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ३७ लाख १५ हजार पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले भारतको संक्रमण र मृत्युदुर चिन्तित तुल्याउने खालको रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर