मुख्यमन्त्री पौडेलद्धारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह – Nepal Press

मुख्यमन्त्री पौडेलद्धारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको संख्या वृद्धि गर्न आग्रह गरेका छन् ।

कोभिड-१९ संक्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उनले सो आग्रह गरेका हुन् । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसँग आज टेलिफोन सम्वादमा मुख्यमन्त्री पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको संख्या वृद्धि गर्न आह्वान गरेका हुन् ।

स्थानीय तहका प्रत्येक वडावडामा टोल विकास संस्थामार्फत कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने प्रयासको लागि प्रत्येक घरदैलोमा जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न उनले जोड दिएका छन् ।

उनले प्रदेश सरकारले १३ जिल्ला अस्पताल तथा कोभिड अस्पताललाई आवश्यकीय अक्सिजन, आइसीयू कक्ष, भेन्टिलेटर, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले स्रोतसाधन र चिकित्सकको उपलब्ध गराइसकिएको उल्लेख गरे ।

यसैबीच प्रदेशको काठमाडौैँ, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोटको विभिन्न स्थानीय तहका टोलमा आइशोलेसन कक्षको स्थापना गरिएको छ । सरकारले ती कक्षहरुलाई आवश्यक अक्सिजन, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर