एयर-बबल सुविधाअन्तर्गत नेपाल-भारतबीच सातामा दुई उडान हुने – Nepal Press

एयर-बबल सुविधाअन्तर्गत नेपाल-भारतबीच सातामा दुई उडान हुने

काठमाडौं । सरकारले बैशाख २३ गते मध्यरातदेखि लागु हुने गरि नेपाल र भारतबीच एयर बबल सुविधाअन्तर्गत सातामा दुई उडान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज मध्यरातदेखि आन्तरिक र बैशाख २३ गते मध्यरातदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

तर, चार्टर र उद्दार उडानहरु भने कायमै रहने भएका छन् ।

एयर बबल सुविधा अन्तर्गत नेपाल र भारतका नागरिकहरु मात्र आवतजावत गर्न पाउँछन् ।

साथै बैठकले, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी एयर बबल सुविधाअन्तर्गत उडान गर्न दिने निर्णय समेत गरेको छ ।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन दिन समेत निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर