प्रदेश २ मा २५ जनाभन्दा बढी भेला हुन नपाइने – Nepal Press

प्रदेश २ मा २५ जनाभन्दा बढी भेला हुन नपाइने

जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलिय संयन्त्र गठन गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज आफनै निवास परिसरमा सर्वदलिय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउदै थप सहयोग र सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गरेका हुन् ।

सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलिय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन् ।

यस्तै बैठकले २५ जना भन्दा बढी सहभागी हुने, साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा रोक्ने निर्णय समेत गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भीडभाड नियन्त्रण कडाइका साथ गर्ने निर्णय गरिएको मन्त्री साहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर