हावाहुरीबाट झापामा दुई करोड क्षति – Nepal Press

हावाहुरीबाट झापामा दुई करोड क्षति

झापा । लगातार आएको हावाहुरीका कारण झापामा करीब दुई करोडको फलफूल तथा अन्नबाली क्षति भएको छ ।

कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिकाका किसानले लगाएको खाद्य, फलफूल र तरकारी खेतीमा हावाहुरीले क्षति गरेको हो ।

कृषकहरुले लगाएको करिव १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्‌याउँदा एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको कृषि ज्ञान केन्द्र झापाले बताएको छ ।

कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए ।

घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका-७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरण अन्तर्गतको करीब ५० लाख बराबरको केराको बोट नष्ट भएको छ ।

मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा समेत किसानले लगाएको आँप र लिचीका हाँगा भाँच्चिनुका साथै चिचिला प्रायः सबै झरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर