पाँचथरको सप्तमी बजारमा फेला परेको बम सेनाद्वारा निष्क्रिय – Nepal Press

पाँचथरको सप्तमी बजारमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

पाँचथर । पाँचथरको सप्तमी बजार स्थित एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

मिक्लाजुङ गाउँपालिका–२ स्थित एनसेलको टावर छेउमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

मंगलबार साँझ हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले बुधबार मात्र बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला परेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको पर्चामा प्रधानमन्त्रीविरुद्धको नाराको साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर