प्रदेश-१ का अर्थमन्त्रीको प्रदेशसभा सदस्य पद रिक्त गराउन पत्राचार – Nepal Press

प्रदेश-१ का अर्थमन्त्रीको प्रदेशसभा सदस्य पद रिक्त गराउन पत्राचार

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का अर्थमन्त्री टंक आङबुहाङले दल त्याग गरेको सूचना प्रदेशासभा सचिवालयलाई दिएर प्रदेश सांसदको पद रिक्त गराउने भएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित ताप्लेजुङका प्रदेशसभा सदस्य आङ्बुहाङ एमाले प्रवेश गरेर अर्थमन्त्री बनिसकेका छन् भने उनी एमालेको केन्द्रीय सदस्य पनि हुन् ।

साबिक नेकपा विभाजनकै बेला उनले प्रचण्डको साथ छाडेर केपी ओली पक्षमा लागेका थिए । आङ्बुहाङलाई माओवादी केन्द्रले सोधेको स्पष्टिकरणको जवाफ नदिएकाले प्रदेश सभा सदस्य नरहेको जानकारी सचिवालयलाई गराउन लागिएको दलका नेता इन्द्र आङ्बोले बताए ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार सांसदले अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने व्यवस्था छ । उनको पद रिक्त भएमा ६ महिनाभित्र निर्वाचन आयोगले उपचुनाव गराउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर