करारमा कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्न विवरण संकलन सुरु – Nepal Press

करारमा कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्न विवरण संकलन सुरु

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सार्वजनिक निकाय अन्तरगतका विभिन्न कार्यालयमा अस्थायी, ज्यालादारी एवं कराररमा कार्यरत कर्मचारीको विवरण संकलनको काम सुरु गरेको छ ।

सरकारी निकायमा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि गठित कार्यदलको चैत तीन गतेको बैठकले विवरण मागेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० वटा मन्त्रालयबाट विवरण संकलनको काम सुरु गरेको हो ।

ति मन्त्रालय मातहतका निकाय, कार्यालय र आयोजनामा रहेका स्वीकृत अस्थायी दरबन्दीमा रहेका कर्मचारीको विवरण नियुक्ति मिति र आयोजनाको अवधी समेत पठाइदिनका लागि परिपत्र गरिएको मन्त्रालय सहसचिव समेत रहेका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख बिनोद प्रकाश सिंहले नेपाल प्रेसलाई जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७७-०७८ मा प्रस्तुत गरेको बजेट वक्तव्यको बुँदा नम्बर दुइ सय ८६ मा सार्वजनिक निकाय अन्तरगतका विभिन्न कार्यालयमा अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने भनिएको छ ।


प्रतिक्रिया

One thought on “करारमा कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्न विवरण संकलन सुरु

  1. स्वस्थ मन्त्रालय अन्तर्गतका आधारभूत स्वास्थ सेवा केन्द्र मा कार्यरत करार कर्मचारीहरुको लागि यो सुबिधा उपलब्ध हुन्छ किन नाइ, यस्को लागि गरिने प्रक्रिया के के हुन्छ।

Leave a Reply to डबेन्द्र जैसि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर