मुख्य नेताबाहेक माधव पक्षका सांसद बालुवाटारतर्फ – Nepal Press

मुख्य नेताबाहेक माधव पक्षका सांसद बालुवाटारतर्फ

संसदीय दलको बैठक बहिष्कार नगर्ने

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्ष पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ।

नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल बाहेकका सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गएका हुन् । यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि उनीहरु बालुटारमा बोलाइएको संसदीय दलको बैठकमा जान तयार भएका हुन् । माधव पक्षका एक नेताले भने, ‘मूल नेताहरू दलको बैठकमा जानुहुन्न ।’

सर्वोच्च अदालतको आदेशसँगै पुन:स्थापित भएपछि एमाले संसदीय  दलको बैठक पहिलो पटक बस्न लागेको हो । माधव पक्षले यसअघि बैठकमा नजाने बताउँदै आएको थियो ।


प्रतिक्रिया

One thought on “मुख्य नेताबाहेक माधव पक्षका सांसद बालुवाटारतर्फ

  1. अनुहारमा कालो लागेछ,कुरुप भएर त जानू भएन नि?लज्जा थुइक्क माकुने,कसको सारथि भन्ने बुझेका छन।

Leave a Reply to राम Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर