लहान मालपोत विस्फोटका घाइतेलाई काठमाडौं लगियो – Nepal Press

लहान मालपोत विस्फोटका घाइतेलाई काठमाडौं लगियो

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा घाइतेमध्ये गम्भीर एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत केही बेरअघि काठमाडौं पठाइएको छ ।

कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो १ बजेतिर भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइते नासु शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ ।

६ जना अन्य घाइतेको लहानमै उपचार भइरहेको छ ।

घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । तर, कसैले पनि अहिलेसम्म औपचारिक जिम्मा भने लिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर