प्रतिनिधिसभा विघटनविरुद्ध अभियन्ताको ‘टुँडिखेल मार्च’ – Nepal Press
प्रतिनिधिसभा विघटनविरुद्ध अभियन्ताको ‘टुँडिखेल मार्च’
फाेटाे फिचर
विजय गजमेर २०७७ फागुन ७ गते १८:०६
२०७७ फागुन ७ गते १८:०६

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न पेशा क्षेत्रका अगुवाहरूले काठमाडौंको टुँडिखेलबाहिर नागरिक प्रदर्शन गरेका छन् ।

‘टुँडिखेल मार्च’ नाम दिइएको प्रदर्शन शुक्रबार दिउँसो गरिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको प्रदर्शनमा साहित्यकार, पत्रकार, अधिकारकर्मी, सम्पदा संरक्षणकर्मीलगायतका अगुवाहरू सहभागी थिए ।

वृहत नागरिक आन्दोलन लेखिएको ब्यानरमा गरिएको प्रदर्शनमा टुँडिखेलको जमिन सार्वजनिक भएको घोषणासमेत गरिएको छ । नागरिक सभामा खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायत सहभागी थिए ।