प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन आजदेखि शुरु हुँदै – Nepal Press

प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन आजदेखि शुरु हुँदै

काठमाडाैं। प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)को चौथो चरणको आन्दोलनको कार्यक्रम आजदेखि शुरु हुँदैछ।

२ फागुनमा नेकपाले चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको थियो। जस अनुसार ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रमु हुनेछन् ।

२१ फागुनसम्मका लागि घोषणा गरिएको कार्यक्रममा भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर