सुर्खेतमा आन्दोलन शान्तिपूर्ण – Nepal Press

सुर्खेतमा आन्दोलन शान्तिपूर्ण

सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको देशव्यापी आमहड्तालका कारण कर्णाली प्रदेशको राजधानी सुर्खेत पनि ठप्प छ ।

सवारीसाधन, पसल व्यवसाय र उद्योगहरु बन्द गरिएका छन् । बिहानैदेखि नेकपाका कार्यकर्ताहरु बन्द सफल बनाउन हिडेका छन् ।

सुर्खेतमा अहिलेसम्म शान्तिपूर्ण आन्दोलन भइरहेको र आम हड्ताल सफल बनाउन जनताले सहयोग गरेको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले बताए । उनले नेपालप्रेससँग भने, ‘हामीलाई सबैले सहयोग गरिदिनुभएको छ । अहिलेसम्म आन्दोलन शान्तिपूर्ण छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर