अन्तरप्रदेश सम्बन्ध खाेज्दै सातै प्रदेशका कानुन मन्त्री रूपन्देहीमा – Nepal Press

अन्तरप्रदेश सम्बन्ध खाेज्दै सातै प्रदेशका कानुन मन्त्री रूपन्देहीमा

रूपन्देही । अन्तरप्रदेश सम्बन्ध बिस्तार गर्न सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयस्तरीय अन्तरक्रिया लुम्बिनी प्रदेशको राजधानी बुटवलमा सुरू भएको छ ।

प्रदेशहरूबीच सहकार्यको उद्देश्यले आयोजना गरिएको अन्तरक्रियामा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र मुख्यन्यायधिवक्ता तथा सचिवहरू सम्मिलित सातै प्रदेशका आन्तरिक मन्त्रालयका सचिवहरूको सहभागीता रहेको छ ।

सातवटै प्रदेशबीच एकअर्कामा सहकार्य, समन्वय र सहअस्तीत्व कायम गर्ने उद्देश्यले अन्तरप्रदेश अन्तरक्रिया आयोजना गरिएको हो । अन्तर प्रदेशका अनुभव, संस्कार, संकृतिबाट शिक्षा लिएर संघियतामा एकरूपता कायम गर्ने याे कार्यक्रमकाे लक्ष्य राखिएको छ ।

अन्तर्कृयाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघियतालाई बलियो बनाउन प्रदेशहरूलाई स्थापित गर्नुपर्ने बताए । अधिकार प्राप्ति द्वन्द्वबाट नभएर सहकार्य तथा समन्वयका माध्यमबाट स्थापित गर्नुपर्नेमा जोड दिंदै उनले प्रदेशहरूलाई बलियो बनाउन लुम्विनी प्रदेश सरकारले निरन्तर पैरवी गदै आइरहेको जानकारी दिए ।

सातै प्रदेशले छोटोअवधिमा गरेका कानुन निर्माणदेखि अन्य गतिविधिले सकरात्मक प्रभाव पारेपनि संविधान निर्माणका वेला स्पष्ट दृष्टिकोण नहुँदा प्रदेशलाई स्थापित गर्न चुनौती भैरहेको पनि उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सहकार्य, समन्वय र सहअस्तित्व कायम गर्नु मै सवैको हित हुने जानकारी दिए ।

मन्त्री केसीले तीन तहको अन्तर सम्वन्ध व्यवस्थित र सुमधुर हुँदै गएका र अन्तरप्रदेशका अनुभवले समुन्नतीमा सघाउने बताए । अन्तरक्रिया दुई दिनसम्म चल्नेछ । यहाँ सहभागी सबै मन्त्री तथा कर्मचारीहरू शनिबार लुम्बिनीमा रहने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर