बाबुरामको निष्कर्षः प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक – Nepal Press

बाबुरामको निष्कर्षः प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक

रुपन्देही । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमन रोक्न तेस्रो जनआन्दोलन आवश्यक भएको बताएका छन् । संसद भंग गरेर प्रधानमन्त्री ओलीले प्रतिगमन गरेको भन्दै उनले त्यसविरुद्ध पहिलो र दोस्रोभन्दा पनि ठूलो जनआन्दोलन आवश्यक भएको बताएका हुन् ।

‘सबै राजनीतिक दल, नागरिक समाज मिलेर तेस्रो जनआन्दोलन गर्नुपर्ने आवश्यकता देखियो । यसका लागि सबै देशभक्त नागरिक एक हुुनुुको विकल्प छैन ।’ शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले भने ।

केपी ओली फाँसीवादी र हिटलरकै बाटोमा हिंडेर संसद विघटन गरी प्रतिगमनको यात्रातर्फ हिंडेको भट्टराईले आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्री ओलीले शक्तिआर्जन गर्दै ७० वर्षको संघर्षपछि प्राप्त उपलब्धी मासेर जालझेल र फाँसीवादी शैली देखाएको दावी गरे ।

उनले भने– हिटलरी शैली छिट्टै पतन हुुन्छ । अहिले उनले हिमशिखरको टुुप्पो मात्र देखाएका छन् । पूर्ण हिमाल देखिन त अझै बाँकी छ ।
ओलीले सबै संवैधानिक अंगहरुमा आफ्ना मान्छे भरेको दावी समेत भट्टराईले गरे । उनले थपे, ‘संवैधानिक अंगमा आफ्ना मन्छे भरे । सुुरक्षा अंगहरुमा पनि चलखेल गरेका छन् । सबै सेटिङ मिलाएर संसद भंग गरेका हुुन् ।’

सरकारले सर्वोच्च न्यायलयलाई समेत कब्जामा लिएको आरोप लगाउँदै उनले राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान, एनटी मनी सेक्टर (अख्तियार) जस्ता अंगलाई कब्जा गरेर प्रतिनिधिसभा भंग गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर