धारिलो हतियार प्रहार गरी महिलाको हत्या – Nepal Press

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

रुपन्देही । रुपन्देहीको मायादेबी गाउँपालिका वडा नं. ७ स्थित दानवखोला नजिकै एक युवकलाई जलाएर मारेको घटना सेलाउन नपाउदै गैडहवा गाउँपालिका वडा नं. १ ननउली निवासी ५० वर्षीया कलावती धोबीलाई धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार ननउली गाउँ उत्तर एक किलोमिटर सिमानामा अयोध्या कहाँरको तोरी बारीमा घोप्टो परेको अवस्थामा निज महिलाको टाउको पछाडि करीब चार इन्च घाउ तथा भूईमा रगताम्य घटनास्थलको प्रकृतिले धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।

मृतक धोबीको शव भीम अस्पताल भैरहवा पोष्टमार्टम गराई प्रहरीद्रारा आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए ।

चार सन्तानकी आमासमेत रहेकी मृतक धोबी घरबाट बुधवार साढे पाँच बजे घरबाट निस्के पछि राति अबेरसम्म नफर्किदा गाउँलेहरु तथा परिवारद्रारा खोजतलासको क्रममा उनको शव देखेर प्रहरीलाई खबर गरिएको एसपी पोखरेलले भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर