प्रचण्ड–माधव पक्षले देशभरका पालिकामा प्रदर्शन र सभा गर्दै – Nepal Press

प्रचण्ड–माधव पक्षले देशभरका पालिकामा प्रदर्शन र सभा गर्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनमा रहेको विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले आज देशभरका स्थानीय पालिकाहरुमा प्रदर्शन गर्ने भएको छ ।

दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत देशभरका सबै गाउँपालिका र नगरपालिकामा विरोध प्रदर्शन र सभा गर्न लागेको हो।

यो पक्षले ९ माघमा राजधानीमा शक्ति प्रदर्शन समेत गर्ने तयारी गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर