सप्तरीमा करेन्ट लागेर हात्ती मर्यो – Nepal Press

सप्तरीमा करेन्ट लागेर हात्ती मर्यो

जनकपुर । सप्तरीमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ । खड्ग नगरपालिका–४ अमहामा करेन्ट लागेर हात्तीको मृत्यु भएको हो ।

स्थानीय सलिता सदा भन्छिन्– जंगलबाट पाँच वटा हात्ती आएका थिए । एउटा हात्तीको सुँडमा करेन्ट लागेर मर्यो । जहाँ खेतमै बिजुली जडान गरिएको थियो ।

सप्तरीमै केहिदिनअघि पनि करेन्ट लागेर हात्ती मरेको थियो । यहाँ पछिल्लो एक सातामै विभिन्न घटनामा दर्जनौं जंगली जनावर मरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर