न्यायाधीश कार्कीलाई शम्भु थापाको प्रश्न– तपाईंको कमन सेन्सले के भन्छ ? – Nepal Press
संवैधानिक इजलास

न्यायाधीश कार्कीलाई शम्भु थापाको प्रश्न– तपाईंको कमन सेन्सले के भन्छ ?

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा चिया ब्रेकपछि पहिलो बहस गर्दै थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि प्रश्न उठाएका हुन् ।

बरिष्ठ अधिवक्ता थापाले भने– हरिकृष्णजी विगतमा केपी ओलीको सल्लाहकार हो । तपाईको कमन सेन्सले के भन्छ ? पब्लिकले के भन्लान् ? हामी अदालतको आदेश त मानौंला, यसबारे इजलासले विवेक प्रयोग गरोस् । हरिकृष्ण श्रीमानलाई के लाग्छ ? बस्नुस् वा छाड्नुस् म भन्दिनँ ।

कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए । थापाले हिजोको भूमिकामाथि प्रश्न उठाउँदै आजका महान्यायाधिवक्ता अग्नि खरेल र न्यायाधीश कार्कीमा के फरक छ भनी प्रश्न उठाएका हुन् ।

बार एशोसियनका पूर्व अध्यक्ष थापाले कानुनविदले प्रश्न उठाइसकेपछि अदालतले यसको जवाफ दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर