माओवादी छाडेर एमाले बनेका २ मेयरसहित १४ जनप्रतिनिधि पदमुक्त (सूचीसहित) – Nepal Press

माओवादी छाडेर एमाले बनेका २ मेयरसहित १४ जनप्रतिनिधि पदमुक्त (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् ।

निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो । माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ । पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् । उनीहरू अधिकांश रौतहट र कैलालीका हुन् ।

सोमबारको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका उनीहरू एमाले प्रवेश गरी पार्टी परित्याग गरेकोले त्यस्तो पद स्वत: रिक्त हुने भन्दै आयोगसमक्ष कारवाहीको पत्र बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर