एमालेसहितको वृहत् वाम एकतामा वामदेवको जोड – Nepal Press

एमालेसहितको वृहत् वाम एकतामा वामदेवको जोड

काठमाडौं । नेकपा (एमाले) नेता वामदेव गौतमले पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको टिप्पणी गरेका छन् ।

२८ औं मदन-आश्रित स्मृति दिवसको दिन श्रद्धाञ्जली व्यक्त गर्दै गौतमले ‘क. मदन र क. आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ ।’ भनेका छन् ।

गौतमले एमालेसहित वृहत् वाम एकताका लागि समेत आह्वान गरेका छन् । ‘म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरूमा नेकपा (एमाले) सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु,’ उनको आग्रह छ, ‘यसनिम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरू मुक्त हुन आग्रह गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *