मध्यभोटेकोशीलाई १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्न अनुमति – Nepal Press

मध्यभोटेकोशीलाई १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका अनुमति पाएको छ ।

कम्पनीलाई १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो ।

बोर्डको स्वीकृति पछि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर